दाङ प्रहरीले गरियो वार्षिक समिक्षा धेरै जसो घटनाहरु मदिरा सेवनको कारण : एसपी पान्डे

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा ५. नम्बर प्रदेश

साउन २४, दाङ । घोराहीमा प्रहरीले गरेको बार्षिक समिक्षा कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले गत आर्थिक वर्षको अवधिमा जिल्लामा ९ सय ५७ विभिन्न अपराधिक घटना दर्ता भएको जानकारी दिँदै शनिबार मात्रै १ सय ८७ वटा अपराधिक घटना घटेको बताए। समय हेर्दा बेलुका ६ बजेदेखि राति १२ बजेसम्म बढी जसो अपराधिक घटना हुने गरेको प्रहरीले जनाएको छ।

शनिवार धेरै घटना घट्नुको मुख्य कारण भने मदिरा सेवनलाई मान्न सकिने प्रहरीको विश्लेषण छ। ‘शुक्रवार र शनिबार बढी जसो अपराधिक घटना तथा दुर्घटना भएको पाइएको छ। त्यसको पछाडिको कारण मदिरा सेवन गर्नुलाई मान्न सकिन्छ,’ एसपी पाण्डेले भने। त्यसैगरी महिना अन्तर्गत माघ महिनामा सबैभन्दा धेरै अपराधिक घटनाहरु भएको प्रहरीको तथ्याङकले देखाएको छ। माघ महिनामा कुल १ सय ९ वटा अपराधिक घटना दर्ता भएको छ। वितेको आर्थिक वर्षमा २ सय ९ जनाले आत्महत्या गरेका छन्। विष सेवन गरे पनि उपचार पछि बाँच्न सफल संख्या त्यो भन्दा धेरै रहेको एसपी पाण्डेले बताए। आत्महत्याको घटनापनि सबैभन्दा बढी शनिवार नै भएको पाइएको छ।

त्यस्तै महिना भने कात्तिक महिनामा सबै भन्दा धेरै २३ जनाले आत्महत्या गरेको पाइएको छ। उमेरको हिसावले ३१ बर्षदेखि ४५ बर्ष सम्मको बीचको उमेर समूहले सबैभन्दा धेरै आत्महत्या गरेको पाइएको प्रहरीले बताएको छ। जिल्लामा वितेको आर्थिक वर्षमा १० वर्षिया बालिकादेखि ७५ वर्षका जेष्ठ नागरिकले समेत आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। सवारी दुर्घटनामा १०४ जनाको मृत्यु दाङमा वितेको आर्थिक वर्षमा ६ सय ८० वटा सवारी दुर्घटना भएका छन्। त्यसमध्य गम्भीर खालको १ सय ८४ वटा सवारी दुर्घटना भएको र १ सय ४ जनाको मृत्यु भएको प्रहरीले बताएको छ। वितेको आर्थिक वर्षमा ३४ हजार ५ सय १० वटा सवारी कारवाहीमा परेका छन्। मापेस कारवाहीमा ९ सय ५० जना परेको प्रहरीले बताएको छ।

यो अवधिमा जिल्लामा सबैभन्दा धेरै जबरजस्ती करणीका घटना दर्ता भएको प्रहरीले बताएको छ। त्यसपछि आगुऔषध दुव्र्यसनीका घटना दर्ता भएको छ। त्यसमध्ये कति मुद्दा प्रहरी समक्ष नआई बीचमै मिलाउने गरेको तथा केही प्रहरीमा आए पनि बार्गेनिङका लागि हुने गरेको पाइएको एसपी पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस