पोखरामा प्रहरीसंग एक दिन कार्यक्रम सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २४, पोखरा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीसंग एक दिन कार्यक्रम सम्पन्न गरिएको छ । पोखरा महानगरपालिका १७ एक्स आर्मी पब्लिक माध्यामिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ५० जना विद्यार्थीहरुलाई प्रहरी सेवा प्रवाहको प्रणाली, प्रहरी सेवाको किसिम र समुदाय प्रहरी साझेदारी लगायतका अवधारणाका विषयमा प्रष्ट पारिएको छ ।

कार्यक्रममा यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले प्रहरी सेवा प्रवाह तथा विद्यार्थी भाईवहिनिहरु भविष्यका कर्णघार रहेको र समाज परिवर्तनमा असल नागरीक भई उद्यारणिय ब्यक्ति हुनु पर्नेमा समेत जोड दिनुभयो । यसरी प्रहरी कार्यालयमा विद्यार्थी भाईबैनिहरुलाई ल्याई अन्तर्क्रिया गर्दा समाजमा कुनै पनि घटना भएमा तुरुन्तै प्रहरी कार्यालयमा खबर गर्न सक्ने हुनेमा आफु विश्वस्त रहेको बताउनु भएको छ ।

उक्त कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखाहरुको अवलोकन गराउनुका साथै उक्त शाखाहरुबाट प्राप्त गर्न सकिने प्रहरी सेवाको विषयमा समेत जानकारी गराईएको छ ।

प्रतिक्रिया दिनुहोस