डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख सहित ५ जना घुस रकम सहित रङ्गेहात पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, कास्की । डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरि कुमार पोखरेल समेत ५ जना घुस रकम सहित अख्तियारको नियन्त्रणमा परेका छन ।

डिभिजन सडक कार्यालय, पोखरा अन्तर्गत सडक स्तरोन्नतीका लागि सम्झौता भई काम सुरू गर्नका लागि पेश्की निकासा गरे बापत जी.एस.आर. निर्माण सेवा, पोखराका प्रोपाइटर र डिभिजन सडक कार्यालयका कर्मचारी बीच घुस लिने रदिने भ्रष्टाचारजन्य कार्य भइरहेको भन्‍ने गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीद्वारा दुई पक्षबीच लेनदेन भइसकेको अवस्थामा घुस रिसवत वापतको रकम रू.९,००,०००।– सहित पक्राउ गरेको छ । उक्त डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरि कुमार पोखरेल, इञ्‍जिनियर पवित्रमणी आचार्य र कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मालाई डिभिजन सडक कार्यालयको सरकारी निवासबाट नियन्त्रणमा लिइएको हो ।

साथै घुस बापतको रकम दिए लगत्तै उक्त डिभिजन सडकको सरकारी निवासबाट फरार भएका जी.एस.आर. निर्माण सेवाका प्रोपाइटर ऋषि गौतमलाई जिल्ला प्रहरी कार्यालय, कास्कीको सहयोगमा नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस