विद्रोहको इतिहास बोकेको वर्तमान ‘थबाङ गाउँपालिका’

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ६ मिनेट

साउन २४, थवाङ । वि.सं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ४४ स्थानीय तह लागू गर्दा रोल्पामा साविकका थवाङ, मिरुल र उवा गाउँ विकास समितिहरूलाई समेटेर थवाङ गाउँपालिका घोषणा गरिएको हो ।

घोराही देखि १ सय ६६ किलो मिटर सहिद मार्ग यात्रामा र रोल्पाको लिवाङवाट करिव ७४ किलो मिटर उत्तरपुर्वमा पर्ने यस गाउँपालिकामा विशेषत खाम मगर जातिको वसोवास छ । खामभाषीहरुको वाहुल्यता भएको यस क्षेत्रमा अधिकाँस स्थानको नामको पछाडि वाङ शव्द जोडीएको पाईन्छ ।

फोटो:थवाङ

वाङको अर्थ खाम भाषामा ‘चौर’ हुन्छ भने थवाङको अर्थ पहाडको काखको चौर भन्ने हुन्छ । तसर्थ पहाडको काखको वस्तीवाट थवाङ नामाकरण भएको पाईन्छ ।

समुद्रसतहदेखि करिव १ हजार ८१० मिटर भन्दा माथी ३५०० मिटर सम्मको उचाइमा फैलिएको यो गाउँपालिकामा शीतोष्ण र शमशीतोष्ण हावापानी पाईन्छ भने, तापक्रम ५ देखि २९ डिग्रीसम्म रेकर्ड भएको पाईएको छ । अधिकाँश घरहरुकाका छाना काठको फलेकवाट वनेका देखिन्छन् । करिव ५५ प्रतिशत शाक्षरता भएको यस गाउँपालिकाका अधिकाँश जनताहरु परम्परागत कृषी प्रणालिमा आवद्ध देखिन्छन् भने यहाँको आलु उत्पादन जिल्लामै सवैभन्दा राम्रो मानिन्छ ।

युद्ध पर्यटनको प्रचुर सम्भावना वोकेको थवाङ गाउँपालिका १० वर्षे श-सस्त्र जनयुद्धको उद्गमथलोको रुपमा परिचित छ । गाउँपालिकामा अवस्थित विभिन्न नदीनालाहरु, कृषि मैदान, हरीयाली वनजंगल साथै जलजला क्षेत्र जस्ता धार्मिक र पर्यटकीय क्षेत्रले गर्दा क्रमश विकासमा अग्रसर भैरहेको देख्न सकिन्छ ।

यस गाउँपालिकाको सिमानामा पूर्वमा सुनछहरी गाउँपालिका, पश्चिममा परिवर्तन गाउँपालिका, उत्तर पुर्वी रुकुम जिल्ला, दक्षिण रोल्पा नगरपालिका र सुनछहरी गाउँपालिका अवस्थीत छन् ।

फोटो:जीवन रोका मगर

१९१.०७ वर्ग किलोमिटर कुल क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा ५ वटा वडा रहेको छन् भने गाँउपालिकाको केन्द्र थवाङमा रहेको छ । केन्द्रिय तथ्याङ विभागको २०६८ सालको जनगणना अनुसार थबाङ गाउँपालिकामा १०८९९ कुल जनसंख्या छ ।

यस गाउँपालिकामा कृषिमा मुख्य जौ, गहुँ, मकै, आलु उत्पादन हुन्छ भने कस्तुरी, मृग, नावर, रेड पाण्डा, रातो वाँदर, ढेडु, झारल, थार, वाघ, खरायो, स्याल, दुम्सी, लोखर्के, गोहोरो आदी वन्यजन्तु त्यस्तै डाँफे, मुनाल, च्याखुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं आदी वन्यपक्षी र भेडावाख्रा, घोडा, खच्चर, गाईभैंसी, वंगुर, कुखुरा आदी घरपालुवा पशुपंक्षी रुपमा पाइन्छ । थवाङखोला, मिरुलखोला थबाङ गाउँपालिकाको नदीनाला तथा तालपोखरी हुन भने जलजला क्षेत्र, जन्त्र मन्दिर, वराजुवाङ मन्दिर ऐतिहासिक तथा धार्मीक पर्यटकीय स्थलहरु हुन ।

एतिहासिक थवाङ

माओवादी उद्गमथलोको रुपमा चर्चित थवाङ गाउँपालिकाको इतिहासलाई केलाउने हो भने विगत ६० वर्षदेखि मुलुक भित्र र वाहिर, वहिष्कारवादी र कम्युनिष्ट गाउँ भनेर चिनिन्छ । सामुहिक निर्णय र एकरुपता यहाँको विशेषता हो ।

फोटो:जीवन रोका मगर

पञ्चायत, वहुदल र गणतान्त्रिक ब्यबस्थावाट थवाङले व्यहोरेको विभेदले यहाँका मानिसहरुलाई बिद्रोही बनाएको हो । यस क्षेत्रको इतिहास राम्ररी जान्ने मध्येका ८५ वर्षिय वर्मन वुढामगरका अनुसार कृष्णवहादुर झाँक्रि मगर यसक्षेत्रका पहिलो मुखिया थिए । २०१५ सालमा मालपोत कार्यालयको मुखियाको जिम्मेवारी पाएका कृष्णवहादुर मुखियाको ज्यादतीको कारण मुखिया विरुद्ध पटकपटक विद्रोह भएको थियो ।

फलस्वरुप बर्मनको नेतृत्वमा किसानहरुको संगठन भनेर कम्युनिष्ट पार्टीको निर्माण गरियो । यसरी थवाङमा कम्युनिष्ट राजनितीको विजारोपण हुनपुगेको थियो । तत्कालिन राज्यपक्षद्धारा भएको ज्यादतीको कारण गाउँवासिहरु झन संगठित र वलियो भई सरकार विरोधी हुन पुगे जस्को कारण २०५६ सालसम्म आईपुग्दा राज्यका विरुद्ध विभिन्न चुनावहरु वहिष्कार गरे ।

२०५८ सालमा संकटकाल लागु भएपछि पनि तत्कालिन शाही नेपाली सेनाले १६ चैतमा ठूलो गाउँमा कैयौं घरमा आगो लगाई वितण्ड मच्चाएर गाउँलेहरुलाई जंगलतिर भाग्न वाध्य वनाए । त्यती मात्र नभई ठुलो परिमाणको नृशंस बदलाको कारवाही, शारिरिक यातना, वलात्कार, पक्राउ र हत्या जस्ता आतंकको काण्ड पनि राज्यपक्षद्धारा मच्चाईयो ।

यसरी १० वर्षे विद्रोहमा थवाङवाट २८ जना, मिरुलवाट ३३ जना, उवावाट २२ जना, जेलवाङवाट ७३ जना भन्दा वढी मारिए भने केैयौं अपाङ्ग, वेपत्ता र एकल महिला हुन पुगे जस्को तथ्याङ्क अझै पनि यकिन हुन सकेको छैन । यसरी सामुहिक निर्णय गर्ने परिपाटीको कारण थवाङ सधै विद्रोही वन्न पुगेको देखिन्छ ।

फोटो:रमेश डाँगी

आदिवासी जनजातिले व्यक्तिलाई भन्दा समाजलाई ठुलो मान्दछ र अगुवालाई आदरका साथ सत्कार र अगुवाको निर्णयलाई कार्यान्वयन गर्दछन् । यसै अनुरुप २०६४ सालको संविधानसभा चुनावमा करीव सम्पुर्ण मत एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हालेर विजयी वनाएका थवाङवासीले पुष्पकमल दाहालले रोल्पा छाडे । १६औं वार्षिक उत्सव मनाउन आएका तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहितका टोलीले थवाङवासिका विकास तथा वाटोघाटोका मागलाई चाँडै पुरा हुने आश्वाशन दिएपनि हालसम्म कुनै पनि माग पुरा हुन सकेको देखिदैन ।

यसरी विकास निर्माणमा थवाङले आजसम्मपनि सरकार तथा उच्च तहको नेतृत्वको साथ पाएको देखिदैन । खाम मगरहरु तथा थवाङी जनताहरुको यो विद्रोह तथा वलिदानले उच्च तहका अगुवाहरुको स्वार्थ पुर्ती गर्न झन सहायक भएको देख्न सकिन्छ भने यस्को शिकार स्वयं थवाङ्गीहरु हुन पुगेको इतिहासवाट स्पष्ट हुन्छ ।

वर्तमान थवाङ

हालको परिप्रेक्ष्यमा आईपुग्दा विगतका सम्पुण तीता अनुभवहरुवाट माथि उठ्दै थवाङ गाउँपालिका पनि आर्थिक क्रान्तिमा होमिएको देख्न सकिन्छ । शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ भने वाटोघाटो तथा भौतिक पुर्वाधारको विकासमा समेत राज्यद्धारा सहयोग प्राप्त गरिरेहको छ यद्यपी विभिन्न क्षेत्रहरुमा लगानी भएपनि लगानी अनुरुपको प्रतिफल अझैपनि देखिन सकेको छैन ।

यस गाउँपालिकाले आगामी दिनहरुमा जनताले महशुस हुने गरि निती नियम र विकासका कार्यक्रमहरुको कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाईसकेको छ ।

फोटो:जीवन रोका मगर

स्थानीय चाडपर्व तथा जात्रा

स्थानीय चाडपर्व तथा जात्रा र मेला नेपालको सांस्कृतिक विविधतालाई झल्काउने प्रमुख विषय भनेको स्थानीय चाडपर्व, भाषा धर्म तथा संस्कृतिहरु हुन् । थवाङ गाउँपालिका जातिय, भाषिक, धार्मिक रुपमा विविधता बोकेको गाउँपालिका हो । यसै कारण यहाँका स्थानीय चाडपर्व तथा संस्कृतिहरुमा पनि विविधता पाइन्छ ।

यस क्षेत्रमा बसोवास गर्ने जातजाति अनुसार फरक फरक चाडपर्व तथा जात्राहरु मनाइने गर्दछन । यस स्थानमा केही महत्वपूर्ण मेला लाग्ने स्थानहरु पनि छन् । यस गाउँपालिकामा पुराना संस्कार, सभ्यता र संस्कृतिहरु छन् । मगर जातीको वाहुल्यता रहेको यस क्षेत्रमा माघे सक्रान्ति पछिको ठूलो पर्व मानिने भूमे निकै भव्यताका साथ मनाईन्छ ।

वर्षायामसँगै आउने प्राकृतिक प्रकोप नहोस भनेर भूमीको पुजा गर्ने महोत्सव करिव १ हप्तासम्म मनाईन्छ । भूमी पुजा गर्दा प्रकोपहरु नहुने मगर समुदायको विश्वास छ । प्रत्येक वर्ष हुने भुमे नाच प्रतियोगितामा यस गाउँपालिकानै प्रथम हुँदै आईरहेका छ ।

फाेटाे कमलराज वली

हालै मात्र सरकारले घाषण गरेको पर्यटन वर्ष २०२० को १०० गन्तव्य स्थान मध्य एक गन्तव्य स्थान थबाङ गाउँपालिकामा अवस्थीत जलजला क्षेत्र पनि परेको छ साथै युद्ध पर्यटनको प्रचुर सम्भावना भएको यस गाउँपालिकामा विभिन्न पर्यटकीय स्थलहरुको पहिचान तथा संरक्षण र विकास गर्नु पर्ने आवश्यकता देखिन्छ ।

भिडियाे : 

प्रतिक्रिया दिनुहोस