कहिले सम्म भोग्ने जनताले कष्ट ?

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, काठमाडौं ।केही साल अधि बाट बिकासका लागि काम सहजै र छिटाे सकाउछु भन्दै समय लम्बाउदै शैलुन कन्ट्रक्सन प्रा लि कम्पनिले काम ढिला सुस्ती गरिएकाे छ।

काठमाडौ देखि रसुवा जाेड्ने पासाङ ल्याम्मु राजमार्गमा यातायात निकै कष्टकर बनेकाे छ । राजमार्ग सडक खण्ड भन्न देख्न मुस्किल नै छ, जलमग्न सडकबाट यातायात सञ्चालन गर्नुपरेकाे छ । शैलुन कम्पनीले समयमै काम नगर्दा पिडादायी यात्रा गर्न बाध्य हुनुपरेकाे स्थानीयहरुकाे गुनासाे छ ।

 

स्थानिय भन्छन्: “बाटाे कष्टकर त छदै छ तर पनि बाटाे साधुराे,कति बेला रुख डलेर मानिसलाई हान्छ । पासाङ ल्याम्मु मार्ग काम ढिलाई हुनुमा कस्काे हात छ ? दिनहु व्यापक समाचार अाउदा पनि सम्बधित निकाएले ध्यान नदिएकै हाे त ? विगत धेरै सालदेखी काम ढिलाई हुदा जनता अाक्राेशित अबस्थामा पुग्न समेत बाध्य भएका छन् । के पासाङ ल्याम्मु मार्गमा काम गर्न ढिलाई गरिरहे जनता सडकमा अाउनु नै पर्ने पर्ने हो त ?

प्रतिक्रिया दिनुहोस