बाजुरामा पहिरोले आमा छोरीको मृत्यृ एकको अवस्था गम्भीर

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • धर्म सुनार

साउन १७,बाजुरा । बाजुराको गौमुल गाउँपालिका वडा नं. ६ शान्तीटोलमा बिहीबार रातीको अविरल बर्षाका कारण घर माथीबाट पहिरो जदाँ आमा छोरीको मृत्यृ भएको छ । भने एकको अवस्था गम्भीर रहेका छ, मृत्यृ हुनेमा सुके चदाँराकी बुहारी २६ बर्षिया निरुता चदाँरा र उहाँकी छोरी किस्मिता चदाँराको मृत्यृ भएको हो ।

सुके चदाँराका बुवा १०५ बर्षिया जंग चदाँराको अवस्था गम्भीर रहेको गौमुल इलका प्रहरी कार्यालयका इन्चार्ज बसन्त खातीले जानकारी दिनुभएको छ । राती सुतिरहेको बेला घर माथीबाट पहिरो गएपछि मृत्यृ भएको वडा सदस्य प्रेम बि.कले बताए ।

त्यस्तै सोही परिवारका सुके चदाँरा उहाँकी श्रीमती जडेनी चदाँरा, छोरी १२ बर्षिया अस्मिता चदाँरा, छोरा १० बर्षिया विकाश चदाँरा, समान्य घाईते भएको बि.कले बताए । गम्भीर घाईते जंग चदाँरालाई घट्मुना स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्ला स्वास्थ्य कार्यालय मार्तडीमा रिफर गरीएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस