आजको मौसम : केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १७, काठमाडौं । आज शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ ।

रातीस् देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ । पश्चिमी पहाडि भू-भागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम विश्लेषण
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग भन्दा दक्षिण तिर अवस्थित छ र बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने देखिन्छ ।

देशभर समग्र मौसमको अवस्था
हाल देशको पूर्वी, पश्चिमि तथा मध्य पहाडी भू-भागमा सामान्य बदलीको अवस्था रहेको छ । साथै ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा भैरहेको देखिन्छ । मध्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ ।

प्रतिक्रिया दिनुहोस