कायम मुकायम सेनापतिमा शर्मा नियुक्त

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, १६ काठमाडौं । नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिको रुपमा प्रभुराम शर्मा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी शर्मालाई आइतबार औपचारिक रुपमा नियुक्त गरेकी हुन् ।

नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि यही भदौ २४ गते सकिनुअघि शर्मालाई कामु प्रधान सेनापतिको रुपमा नियुक्त गरिएको हो ।

सेनापति थापाले अनिवार्य अवकाश पाउनुअघि साउन २५ गतेबाट घरबिदामा बस्ने हुँदा हाल ज्येष्ठताका आधारमा बलाधिकृत रथी प्रभुराम शर्मालाईलाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३)अनुसार कामु सेनापतिमा नियुक्त गरिएको हो । मन्त्रिपरिषद्को साउन १२ गतेको बैठकले शर्माको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस