दार्चुला तुईन प्रकरण: नेपाल खेलकुद महासंघद्वारा सरकारको ध्यानाकर्षण

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, १७ काठमाडौं ‌ । गत साउन १५ गते सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने व्यास गाउँपालिका- २ मालघाटमा रहेको तुईनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षा बल एसएसबीले सो तुईन काटिदिदा ३५ वर्षीय नेपाली नागरिक जय सिंह धामी बेपत्ता भएको प्रति नेपाल खेलकुद महासंघले आपत्ति जनाएको छ ।

उक्त घटना अमानवीय र आपराधीक भएको भन्दै नेपाल खेलकुद महासंघले निन्दा तथा भर्त्सना गरेको छ । महासंघले नेपाल भारत सिमा क्षेत्रमा हुने गरेका यस किसिमका ज्यादती र दुर्व्यवहार तत्काल अन्त्य हुन जरुरी भएको बताएको छ ।

त्यसैले घटनाको विषयमा अविलम्ब कुटनैतिक पहल गर्नका लागि महासंघ नेपाल सरकारसंग माग गरेको हो ‌ । साथै दोषीलाई कारबाही गरी पीडित पक्षलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नका लागि महासंघले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस