एमाले स्थायी कमिटीको बैठक तीन बजे बस्दै

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १७,काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । हिजो च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बोलाइएको बैठक विषयमा प्रवेश नगरी आज बस्ने गरी स्थगित गरिएको थियो ।

आज दिउँसो ३:०० बजे स्थायी कमिटी बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । शनिबार बोलाइएको बैठक कुनै पनि विषयमा प्रवेश नगरी पार्टी एकताका लागि थप पहल गर्ने भन्दै स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस