निर्वाचन आयोगले सुरु गर्यो मंसिर भित्रै उपनिर्वाचन गर्ने तयारी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

साउन १६, काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका विभिन्न ५० स्थानहरुमा उपनिर्वाचनको तयारी थालेको छ ।

आयोगले निर्वाचनको तिथि मिति तोक्न बिहिबार नै दलका प्रतिनिधिसँग छलफलसमेत गरेको छ । बिहिबार छलफलमा १८ दलका प्रतिनिधि उपस्थित रहेको र मंसिर भित्र नै निर्वाचन गर्न सुझाब आएको निर्वाचन आयोगले जानकारी गराएको छ ।

हाल कति छन त रिक्त स्थान
प्रतिनिधिसभामा – १,
प्रदेशसभामा – ३,
स्थानीय तहमा प्रमुख – ३
उपप्रमुखमा – १
वडाअध्यक्ष – ४१

प्रतिनिधिसभामा एक स्थान रिक्त
तत्कालीन पर्यटन तथा नागरिक उड्डय मन्त्री रवीन्द्र अधिकारीको निधन भएसँगै कास्की क्षेत्र नं. २ प्रतिनिधि बिहिन छ ।

तीन प्रदेशसभा सांसदको पद रिक्त
आयोगले जनाएअनुसार दाङ क्षेत्र नम्बर ३ को ‘ख’का सदस्य उत्तरकुमार ओलीको कार दुर्घटनामा निधन, बाग्लुङ्ग क्षेत्र नं. २ को ‘ख’ का टेकबहादुर घर्तीको स्वास्थ्य समस्याको कारण निधन र भक्तपुर १ को ‘ख’का हरिहरण लामिछानेको मृत्यु पछि ति स्थान प्रतिनिधि विहिन भएका छन् ।

एक मेयर र दुई गाउँपालिका अध्यक्ष खाली
स्थानीय तहमा एक मेयर र दुई गाउँपालिका अध्यक्षको पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्का, पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङ र संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवालको विभिन्न कारणले निधन भईसकेको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार हाल देशका विभिन्न ४१ वडा प्रमुख विहिन छन् । विभिन्न कारणले वडाअध्यक्षको पद रिक्त हुन पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस