जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६, रौतहट । चन्द्रपुर नगरपालिका-४ चन्द्रनिगाहपुरस्थित अशोका होटलमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गरुडा नगरपालिका-४ गरुडा बजार बस्ने २५ वर्षीय रामशरण चौरसिया लगायत ९ जनालाई शनिबार बिहान पक्राउ गरेको हो ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्कालै खटिएको प्रहरीले होटलको कोठा नम्बर ३०१ मा उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद २ लाख ७९ हजार ६ सय ९० रुपैयाँ, ४ सय १२ पत्ती तास र वाइल्ड किंग लेखिएको सिलप्याक तास बुक ८ थान सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस