जिल्ला ट्राफिक प्रहरी कार्यलय दाङले आर्थिक वर्ष २०७५/०७६को प्रतिवेदन सार्वजानिक

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ४ मिनेट
  • सागर थापा

साउन १४,दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ द्वारा आ.व.२०७५।०७६ सालको १ बर्षे अवधिमा सडक दुर्घटना न्युनिकरण आवागमनलाई सहज,सरल तथा ट्राफिक सचेतना मुलक कार्यहरु सहीत सम्पादन गरीएका मुख्य मुख्य कार्यहरुको समिक्षा प्रतिवेदन एक प्रेस विज्ञेप्ती निकालेर सार्वजानिक गरेको छ ।
सोमबार सार्वजानिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५।०७६ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको ट्राफिक व्यवस्थापनमा १ बर्षे कार्यकालमा सम्पादन गरीएका कार्यहरुको संक्षिप्त विवरण प्रस्तुत गरेको छ ।

ट्राफिक व्यवस्थापनमा १ बर्षे कार्यकालमा गरिएका कार्यहरु निम्न रहेका छन् ।

.स्थानिय सरकार,जिल्ला प्रशासन,जिल्ला प्रहरी कार्यालय तथा विभिन्न उधोगी व्यापारी Stock holder सँगको समन्वय सहकार्य बाट लमही नगरपालिका रातोडाडा स्थित स्थानिय सरकारको सहयोग बाट ४ कठ्ठा जमिन सहित प्रहरी आवास गृह,सुबिधा सम्पन्न अत्याधुनिक स्नानगृह तथा सौचालय निर्माण कार्य सम्पन्न गरीएको ।

.दाङ जिल्लाको बिभिन्न ठाँउमा ९ वटा अस्थाई ट्राफिक पोष्ट स्थापना गरी सवारी दुर्घटना तथा आवागमन सरल,सहज पार्ने कार्य गरीएको ।

३.सभ्य भब्यरुपमा ट्राफिक सप्ताह चेतनामुलक ढँगबाट प्रदेश नं.५ को समापन कार्य जिट्राप्रका दाङले सफलता पुर्वक सम्पन्न गरीएको ।

.स्थानिय सरकार,जिल्ला प्रशासन।जिल्ला प्रहरी कार्यालय,यातायात व्यवसायी तथा मजदुर संगठन सँग समन्वय गरी सार्वजनिक यातायातहरु अटो रिक्सा,ट्याक्टर,टेम्पोहरुको पार्किङ स्थल निर्धारण गर्नुका साथै भाडादर निर्धारण र चालकहरुलाई अनिवार्य रिफ्लेक्टर ज्याकेट प्रयोग गर्ने ब्यवस्था मिलाईएको ।

५. ५ नं.प्रदेशमा हाईवे सववे सडक खण्डमा संचालन हुने सवारी साधनहरुका चालकहरुको निशुल्क स्वास्थ्य शिविर संचालन गर्न आखा असपताल स्वास्थ्य चौकी तथा स्थानिय सरकारको पहलमा कार्य गरीएको।

.सवारी साधनको अटोमेकानिकल चेकजाच गराई सवारी साधनहरु सही हालतमा मर्मत सम्भार गर्ने कार्यको थालनी गरीएको र निरन्तरता दिदै आएको ।

७.जिल्ला प्रहरी कार्यालय दाङको निर्देशनुसार ट्राफिक प्रहरी आवास भवनको सिलान्यास गराई निर्माण कार्य सम्पन्न गर्ने पहल कार्य गरीएको ।

८. No Horn Zone लागु गराई तुलसिपुर उप महानगरपालिकामा कार्यान्वयन गरीएको र घोराही उप महानगरपालिकामा सचेतना तथा जनजागरण अभियान द्वारा कार्य विस्तार गरीदै आएको उक्त कायको निरन्तरता जारी रहेको ।

९. दाङ जिल्लाभरीमा स्थानीय सरकार,जिल्ला प्रशासन,जिल्ला प्रहरी कार्यालय,उधोगी व्यवसायी,नागरीक समाज,पत्रकार वर्गहरु विभिन्न क्लबहरु संघ संस्था सँगको सहकार्य बाट चेतनामुलक ट्राफिक संकेत,होडिङ वोर्ड तथा भित्ते लेखन मार्फत जनचेतना ,सवारी दुरघटना न्युनिकरण गर्न करीव ५०० को संख्या भन्दा बढी सचेतना जागरण बोर्डहरु स्थापित गर्ने कार्यको थालनि गरीएको ।

१०. मा.प.से.चेकजाचको लागी स्थानिय सरकार घोराही उप महानगरपालिका ,तुलसिपुर उप महानगरपालिका र लमही नगरपालिकाको सहयोगमा ३ वटै शहर भित्र ५ नं. प्रदेशमा पहिलो पटक अत्याधुनिक वैज्ञानिक डिजिटल प्रविधियुक्त ब्रेथलाईजर मेसिनबाट मा.प.से.चेकजाचको प्रबन्ध मिलाएको ।

११. ओभरलोड भवरलोड नियन्त्रण गर्न दाङमा संचालित टिप्परहरुको ढाला काट्ने कार्य सम्पन्न गरी तोकिएको कानुन बमोजिम मापदण्ड अनुसार निर्माण सामग्रि ओसार पसारको व्यवस्था मिलाएको ।

१२. दाङ होलेरी (सहिदमार्ग) सडकखण्डमाTime card कडाईका साथ लागु गरीएको ।

१३. सवारी दुर्घटना न्युनिकरण तथा आवातजावत,ओसार पसालाई सहज गर्न विभिन्न यातायात व्यवसायी,ऊधोगी,ब्यापारी,नागरीक समाज, स्थानिय सरकार,संघ संस्था, पत्रकार वर्गहरु विभिन्न क्लव सरकारी,गैर सरकारी संघसंस्थाहरु ,स्कुल,कलेज,चालक,सह चालक लगायत सम्बन्धित निकायसंग समुधुर सम्बन्ध बनाउदै ट्राफिक ऐन,नियमको पालना तथा छलफल अन्त्रक्रिया,मिटिङ,गोष्टिको आयोजना लाई निरन्तरता दिईएको ।

१४.विना ईजाजत,प्रज्ञापनपत्र,रुटपरिमिट नलिएका भारतिय सवारी साधनहरुलाई निरुत्साहीत तथा निर्मुल पार्ने अभियान संचालन गरी हदै सम्मको कारवाही प्रक्रियाको थालनि लाई निरन्तरता दिईएको।

१५. १ दिने ५ नं.प्रदेश स्तरिय ट्राफिक सचेतना तथा सवारी दुर्घटना,मानविय,धनजनको क्षेती कम गर्ने उदेश्यले सम्पुर्ण Stock holder ,पत्रकार वर्गहरु सँग सहकार्य गरी बृहत गोष्टी सम्पन्न गरीएको।

१६.राजश्वको लक्ष्य हालसम्मकै सवै भन्दा बढी सवा दुई करोडको हाराहारीमा संकलन गरी बैंक दाखिला गरी २०७६ साल असार मसान्तमा राज्यकोषमा जम्मा गरीएको ।

१७.सडक सुरक्षा र बजार व्यवस्थित गर्न घोराही सिमेन्ट स्थानिय सरकार,जिल्ला प्रहरी कार्यालय,नागरिक समाज सरोकारवाला निकायहरु सँग सहयोग र समन्वय बाट ट्राफिक आईल्याण्ड राख्ने कार्यको प्रारम्भ गरीएको ।

१८.दाङ जिल्लामा मोडिफाई गरी संकलनमा आएका २ पाग्रे तथा ४ पाङ्ग्रे सवारी साधनहरु निर्मुल पार्ने कार्य गरी कानुन बमोजिम कारवाहीको दायरामा ल्याईएको र सो कार्यलाई तिब्रताका साथ जिल्ला प्रहरी कार्यालयको निर्देशनुसार निरन्तरता दिईएको ।

हेर्नुहोस् प्रेस विज्ञेप्ती :

 

 

प्रतिक्रिया दिनुहोस