बाँके प्रहरीले ५ केजी चादी सहित एकजना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा /महेन्द्र सिंह

साउन १३, बाँके । बाँके प्रहरीले ठुलो मात्रा चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । नेपालगन्जबाट बर्दियातर्फ निकासी गर्ने क्रममा चाँदी सहित सुभाष गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतबाट अबैध रुपमा नेपालगञ्ज ल्याएर संकलन गरिएका चाँदीका गहना बर्दिया लैजाने क्रममा नेपालगञ्जको टाँगा स्टेशन नजिकबाट प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको जनाएको छ । नेपालगञ्जको देवाफूलबारीमा कोठा लिई बसेका गुप्ता पाँच किलो ४ सय ९५ ग्राम चाँदीका गहना लिएर बर्दिया जान लागेका थिए । जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले चाँदीसहित गुप्तालाई पक्राउ गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस