आजको मौंसम देशका थोरै स्थानहरुमा वर्षा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १३, काठमाडौं । आज सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा वर्षा हुने संभावना छ ।

यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको छ ।

मौसम विश्लेषण
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भु-भाग भन्दा दक्षिण तिर रहेको छ जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको छ। पानी पर्ने सम्भावना कायमै रहेकाले नदी तटीय क्षेत्रमा सतर्क भएर बस्न महाशाखाले आग्रह गरेको छ ।

देशभर समग्र मौसमको अवस्था
हाल देशभर सामान्य बदलीको अवस्था छ। देशका पश्चिमि पहाडी भू(भागका केहि स्थानहरूमा वर्षा भईरहेको छ। सोमबार विशेष गरी ताप्लेजुङ, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा र लमजुङ जिल्ला तथा यस आसपासका जिल्लाका नदी तथा खहरेको बहाव उल्लेख्य बढ्ने देखिएकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको हो । यस्तै रोल्पा, रूकुम, डोल्पा, जुम्ला, दैलेख, अछाम, बाजुरा, बैतडी, दार्चुला र आसपास जिल्लाको नदी तथा खहरेको बहाव पनि बढ्ने देखिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस