दाङको एक सुनचाँदी पसलमा चोरी गरेर भागेका व्यक्ति हेटौंडाबाट पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

साउन १२, दाङ । दाङ घोराही उपमहानगरपालिका वडानम्बर १६ बस्ने प्रकाश विश्वकर्माको सुनचाँदी पसल चोरी गरेर भागेका रमेस कालिराज हेटौंडा बसपार्कबाट पक्राउ परेका छन ।

रमेश कालिराज हेटौंडा उपमहानगरपालिका वडानम्बर १८ का बासिन्दा हुन् । साउन ५ गते विश्वकर्माको घोराही उपमहानगरपालिका १५ मा रहेको पसल चोरी भएको थियो । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेल बहादुर पान्डेले तत्काल मकवानपुर प्रहरीलाई पत्र लेखेर चोरी गर्ने व्यक्ति मकवानपुरमा हुनसक्ने भन्दै खोजतलास गरिदिन अनुरोध गरेका थिए ।

दाङ प्रहरीको आग्रहअनुसार खोजतलास गर्ने क्रममा रमेशलाई ३ किलो ९५० ग्राम बराबरका चाँदीका गहना र नगद १० हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उनको साथबाट चाँदिको पञ्चरत्न बाला, ब्रासलेट, औंठी, बाला, धातु र चाँदीका टुक्रा बरामद भएको प्रहरीले जनाएको छ । उनलाई प्रारम्भिक अनुसन्धानपछि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङमा पठाइने मकवानपुर प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस