सशस्त्र प्रहरीका जवान घुस रकम सहित रङ्गेहात पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन ११, सुनसरी । सशस्त्र प्रहरी वल नं. ४ गण, ईनरूवा, सुनसरीका सशस्त्र प्रहरी जवान बलराम यादव घुस रकम सहित अख्तियारको नियन्त्रणमा परेका छन ।

सशस्त्र प्रहरी जवान बलराम यादवले व्यपारमा सहजिकरण गरीदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले पक्राउ गरेको हो ।

उनलाई सेवाग्राहीसँग रू१,५०,०००।– घुस रकम लिइसकेको अवस्थामा देवानगञ्ज गाउँपालिका वार्ड नं.३ कप्तानगञ्ज बजारबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस