प्रकाश घायलका पाँच मुक्तक

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • प्रकाश घायल
    एक

ग्यास आउँछ पाइप बाट खाना पकाउनलाई
आश्वासनको पोको फाले जन्ता छ्काउनलाइ
बिरोध सत्याग्रह ,आन्दोलन त हुदै गर्छ देशमा,
सरकार सधैं तल्लीन माफिया फकाउनलाइ ।
दुई
लहर मा ठोक्किएर छालमा बाचेको छु
समस्याको तरबार र ढालमा बाचेको छु
भत्किएको आस्था र खोटो भाग्य नियाल्दै,
रित्तो थाल च्यात्तिएको पालमा बाचेको छु  !
तीन
मिरा लाइ मोहन प्यारो कृष्ण लाई राधा
पाण्ड्बले पाँच गाउँ माग्दा शकुनि थे बाधा
पिरतीको अदालतमा तिम्ले फिराद हालेपछि,
अदालतमा फैसला भो माया आधा आधा !
चार
झर्किएर रिसाउदै सताउन नि कति जान्या
नखरा पारी पारी फकाउन नि कति जान्या
वचन तीखो लाउथ्यौ मुटु टुक्रा टुक्रा पार्थ्यौ,
टुक्रा मुटु बटुलेर सिलाउन नि कति जान्या !
पाँच
हार्न तयार छु शुभकामना छ जीत तिमीलाई।
अँजुली भरि माया दुख सुखको गीत तिमीलाई।
फूल जून जताततै तिमी नै तिमी देख्छु अचेल,
बिन्ती नलत्याइ देऊ मेरो चोखो प्रीत तिमीलाई !
फुटुङ्ग,काठमाडौ ।

प्रतिक्रिया दिनुहोस