बाँकेमा दुर्व्यसनबाट फर्किएकालाई काममा लगाउन सरोकारवाला निकायको जोड

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • महेन्द्र सिंह

साउन १०, बाँके ।  लागूऔषध दुर्व्यसनीमा फसेकालाई परामर्श सेवापछि सीपमूलक काममा लगाउन सके उनीहरुले नयाँ जिवन पाउनेमा सरोकारवाला अगुवाहरुले बताएका छन् ।

कुनै सीपमुलक काम नपाउँदा त्यस्ता युवा युवतीहरु फेरी दुव्र्यसनमै फस्ने गरेको उनीहरुले औल्याए । परिवर्तन समूह, बाँकेले बुधवार नेपालगञ्जमा सरोकारवालासंग गरेको अन्तरक्रियामा यस्तो औल्याइएको हो । बैठकमा बोल्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जनचेतनामूलक कार्यक्रम, परामर्श सेवा हुँदै त्यस्ता व्यक्तिहरुलाई सीपमुलक काममा लगाउन जोड दिनुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी प्रकाश सापकोटाले लागू औषध दुव्र्यसनीको समस्या भयावह बन्दै गएको उल्लेख गर्दै यस्ता समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।मेथाडोन कार्यक्रम सञ्चालन गरिरहेको परिवर्तन समूहकी कार्यक्रम अधिकृत इन्द्रा जिसी रावलले मेथाडोन सञ्चालन पछि धेरै जिवनमा परिवर्तन आएको बताउँदै भनिन्,–‘नयाँ जिवन पाएकाहरुलाई कुनै काममा जोड्न सके धेरै राम्रो हुन्थ्यो । त्यसो हुन सके लागू औषध बिरुद्ध गरेका कार्यक्रम प्रभावकारी देखिन्थ्यो ।’

भेरी अन्चल अस्पतालमा सञ्चालन भएको मेथाडोन पद्धती प्रभावकारी बनेको छ बैठकमा प्रहरी, प्रशासन, स्वास्थ्य तथा दूव्र्यसनका बिरुद्धमा सक्रिय संघसंस्थाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस