काठमाडौंबाट दुर्लभ वन्यजन्तु कछुवा सहित २ जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन १०, काठमाडौं  । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित श्रीकृष्ण गेष्टहाउसबाट दुर्लभ वन्यजन्तु कछुवा सहित २ जनालाई बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग गोंगबुको प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा झापा मेची नगरपालिका-६ घर भएका ६७ वर्षीय छबिलाल अधिकारी र झापा चारपाने नगरपालिका-२ घर भएका २६ वर्षीय बिक्रम उप्रेती रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस