भक्तपुरमा प्रहरीलाई १ हजार दिन खोज्ने २ जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन १०, काठमाडौं । प्रहरीलाई १ हजार रुपैयाँ दिएर प्रभावमा पार्न खोज्ने २ जना पक्राउ परेका छन् ।

सवारी चेकजाँच खटिएका प्रहरीलाई प्रभावमा पार्न १ हजार रुपैयाँ दिन खोज्ने क्रममा भक्तपुरबाट २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाा८८च ५०२६ नम्बरको मोटरसाइकल चालक काभ्रे नमोबुद्ध नगरपालिका–१० घर भएका २२ वर्षीय संजिब लामा र मोटरसाइकलमा सवार मकवानपुर घर भएकी १९ वर्षीया सविना थापा छन् ।

मादक पदार्थ सेवन गरेका दुवै जनाले बिहीबार सवारी जाँचमा रहेका प्रहरीलाई प्रभावमा पार्न १ हजार रुपैयाँ दिन खोजेका थिए ।

प्रहरीलाई घुस दिएर आफ्नो प्रभावमा पार्न खोज्ने दुवैजनालाई १ हजार रुपैयाँ र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस