पुल ३६ लाख नभएर २७ लाखमा निर्माण भएको हो : गाउपालिका अध्यक्ष खड्का

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • बिमल राज डागी

साउन १०,रोल्पा । केहिदिन यता सामाजिक सञ्जालमा एउटा पुलको तस्बिर निकै चर्चामा छ । जिल्लाको पूर्वी क्षेत्र बडाचौर र पाङ जोड्ने यो पुल चिटिक्क देखिन्छ ।

                                                       बडाचौर र पाङ जोड्ने पुल

पुल ३६ लाखमा बनेको भन्ने चर्चा संगै यतिबेला आलोचना पनि सुरु भएको छ । सामाजिक सञ्जालमा त्यहाका एक स्थानियले ३६ लाखको पुल भनेर फेस्बुकमा राखेपछि त्यो तस्बिर एकाएक चर्चामा आएको र निकै टिका–टिप्पनी समेत सुरु भएको छ ।

यो बिषयमा बुज्दा गाउपालिकाका अध्यक्ष दुर्गा बहादुर खड्का  आफु अहिले जिल्ला बाहिर भएको र पुलको बिषयमा भने अथार्थ नबुजेरै मान्छेहरुले हल्ला फैलाएको उहाले बताउनु भयो । उहाले भन्नु भयो काम भएकै हो गाउपलिकाले अनुगमन गरेका हौ  । तपाइहरु पनि त्यहा गएर हेर्न सक्नु हुन्छ पुलमा अनियमितता भएको छैन प्रदेश सरकार को २० लाख बजेट र बजेट अपुग भए पस्चात गाउ कार्यपालिकाको बैठक बसेर हामिले गाउपलिकाको बजेट बाट थप ७ लाख थप गरेर २७ लाखमा पुल निर्माण भएको हो ।

आवत जावतमा स्थनियलाई समस्या परेकोले तत्काल उक्त पुल निर्माण भएको ,पुलमा कुनै प्राबिधिक कम्जोरी छैन माथि काठ बिछ्याइए पनि त्यस्को जग पिल्लरहरु फरक ढङ्गबाट हामिले पुललाइ मज्बुत बनाउने काम गरेका छौ उहाले भन्नु भयो ।

″गाउपालिकालाई कम्जोर बनाउनकै लागि हुदै नभको हल्ला फैलाउनु त्यो राम्रो पक्ष नभएको अध्यक्ष दुर्गा बहादुर खड्काले बताउनु भयो । पुल ३६ लाख नभएर २७ लाख मा निर्माण भएको″ उहाले प्रस्ट पार्नु भयो । त्यसमा म आफै र त्यहाका स्थानियको जनश्रमदान समेत रहेको उहाले बताउनु भयो ।

काम उपभोक्ता समितीबाट भएको थियो । यस बिषयमा कुरा गर्न त्यस पुल निर्माण उपभोक्ता समिती अध्यक्षलाई सम्पर्क गर्न खोज्द उहाको मोबाइल अफ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस