नेकपाको सचिवालय बैठक बस्दै

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन ९, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज दिउसो १ बजे बस्दैछ ।

 

मंगलबारका लागि बोलाइएको बैठक पार्टीको वैचारिक विषयसँग सम्बन्धी स्कूल विभागको नेतृत्वमा विवाद चुलिँदा स्थगित भएको थियो । स्कूल विभागको नेतृत्वमा विशेष गरी ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी रहेको छ । दुवै नेताले आफ्नो अडान नछोड्दा एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन । पूर्व एमालेका तर्फबाट पोखरेल र पूर्व माओवादीका तर्फबाट श्रेष्ठको दाबेदारी छ ।

बिहीबार दिउँसो १ बजेका लागि बालुवाटारमा बोलाइएको बैठकमा विभागको नेतृत्वबारे छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस