को कहाँ रहने र कसको मान्छे पर्‍यो, कसले नेतृत्व गर्ने भन्ने चिन्ता नलिनुस् : उपप्रधानमन्त्री पोखरेल

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

श्रावण ७, सुनसरी । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकीकरणका बारेमा रेडियो, टेलिभिजन, अनलाइन र पत्रपत्रिकामा आएका समाचार हैन पार्टीको च्यानलप्रति विश्वास गर्न आग्रह गरेका छन ।

धरान उपमहाननगर कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले स्थानीय नेता, कार्यकर्ताहरुलाई सामाजिक सञ्जाल (फेसबुके रोग) बाट मुक्त हुन आग्रह गरेका छन । उनले पार्टी एकीकरणको सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा आएका स्टाटस र कमेन्टका आधारमा व्यर्थ बहस नगर्न समेत आग्रह गरेका छन ।

दोधारमा नरहनुस्। अब एमाले पनि छैन र माओवादी केन्द्र पनि छैन। नेकपा मात्र छ। को कहाँ रहने र कसको मान्छे पर्‍यो, कसले नेतृत्व गर्ने भन्ने चिन्ता नलिनुस्।’ उनले नेतृत्व जसले लिए पनि नेकपाकै नेता कार्यकर्ताले लिने बताए। अहिले खोलो धमिलो छ, पारि तर्नु छ। खुट्टाको औलाले ढुङ्गा छाम्दै तर्नुपर्ने अवस्था छ।

उनले भने तपाईहरु पार्टी एकीकरणबारे कुनै दोधारमा नरहनुस्। अब एमाले पनि छैन र माओवादी केन्द्र पनि छैन। नेकपा मात्र छ। को कहाँ रहने र कसको मान्छे पर्‍यो, कसले नेतृत्व गर्ने भन्ने चिन्ता नलिनुस्।’ उनले नेतृत्व जसले लिए पनि नेकपाकै नेता कार्यकर्ताले लिने बताए। अहिले खोलो धमिलो छ, पारि तर्नु छ। खुट्टाको औलाले ढुङ्गा छाम्दै तर्नुपर्ने अवस्था छ। कुरो बुझ्नु भयो होला, पार्टीमा अहिले केही गाँजेमाजे छ त्यो केही समयपछि मिल्छ उनले भने ।

संविधानको सर्वोच्चतासँगै कानुनी शासन, आवधिक निर्वाचन, जनअनुमोदित जनप्रतिनिधि र नियन्त्रण, बहुलवादी खुला समाज र सन्तुलन नै नेकपाको सार हो। यिनै सारलाई लिएर अब नेकपा अगाडि बढ्छ। उनले भने ।

प्रतिक्रिया दिनुहोस