दैलेखकाे राकममा बस दुर्घटना, एकको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन ७ दैलेख  । आठबीस नगरपालिका वडा नं. ४ राकम कर्णालीमा मंगलबार विहान ना ५ ख ७२४३ नम्बरको गाडी चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका वडा नं. ५ मालाचौर बस्ने अन्दाजी ३३ वर्षकी धिर्जा माझी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद पा्खरेलले जानकारी दिए ।

दैलेखमा बस दुर्घटना, १ को मृत्यु ७ घाइते

प्रहरीका अनुसार ‘बस मालाचौरदेखि राकम कर्णाली आएको र फेरि मालाचौर जान थालेको थियो ।’ ‘नौ जना सवार मध्ये ती महिलालाई बस पल्टिदा च्यापेका कारण मृत्यु भएको हो ।’ तर बस भने जुम्ला देखि काठमाडौंका लागि छुटेको थियो । अरु थप यात्री लिनका लागि मालाचौर जान फर्कदा शेराबाडा नजिकै दुर्घटना भएको  छ ।

दुर्घटनामा परेका अन्यको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय राकम कर्णालीका सहायक इन्सपेक्टर विष्णु गिरीले जानकारी दिएका छन । बाँकी ८ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस