बाजुरामा ३७ औैँ विपी स्मृतीको दिवस : विरामिलाइ फलफुल वितरण

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

साउन ६ बाजुरा । बाजुरामा ३७ औैँ विपी स्मृतीको अवसरमा नेपाली काँग्रेस वडिमालिका नगरकार्यसमिति बाजुराले जिल्ला अस्पताल बाजुरामा रहेका विरामीहरुलाई फलफुल र झुल वितरण गरेको छ ।

नेपाली काँग्रेसका संस्थापक सभापती तथा देशकै पहिलो जननिर्वा्िचत प्रधानमन्त्री महामानव स्व.विश्वेश्वर प्रसाद कोइरालाको ३७ औँ स्मृती दिवसको अवसरमा उहाँले गरेका आविश्मरणीय कामलाई आत्मसाथ गर्दै नेपाली काँग्रेस बाजुरा अगाडी बढ्ने प्रतिवद्धताका साथ जिल्ला अस्पाताल बाजुरामा रहेका १२ जना बिरामीलाई १० झुल र फलफुल बितरण गरेको नेपाली काँग्रेस वडिमालिका नगरकार्यसमितिका सभापती धनालल पाध्यायले बताउनुभएको छ ।

नेपाली काँग्रेस वडिमालिका नगरकार्यसमितिका सभापती धनालल पाध्यायको अध्यक्षतामा संचालन भएको झुल तथा फलफुल वितरण कार्यक्रममा नेपाली काँगे्रसका महाधिवेशन प्रतिनिधि राधिका सिंह, नेपाल महिला संिघका केन्द्रिय सदस्य जुना दानी, नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य देव बहादुर रोकाया रहेका थिए ।

त्यस्तै नेपाल महिला संघका अध्यक्ष अमृता सिंह, वडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्ट, नेपाल विद्यार्थी संिघका जिल्ल उपाअध्यक्ष जनक थापा, वडिमालिका नगरपालिका ८ का अध्यक्ष प्रकाश रावल, जिल्ला कार्यसमितिका सदस्य हरिचन्द्र पाध्याय, शिक्षक संघ प्रतिनिधि धन बहादुर रोकाया, उदोग वाण्ज्यि संघ प्रतिनिधि सुरेन्द्र नाथ योगी, बिरेन्द्र ऐडी धन बहादुर थापा लगायतको बिरामीलाई झुल तथा फुल वितरण गर्नुभएको थियो । नेपाली काँग्रेस बाजुराले यसअघि विपी जयन्ती अवसरमा वृक्षारोपण कार्यक्रम गरेको थिय

बुढिनन्दा नगर कमिटिल ग¥यो वृक्षारोपाण

बाजुराको बुढिनन्दा नगरकमिटिले ३७ औैँ विपी स्मृती दिवशको अवसरमा नेपाली काँग्रेस बुढीनन्दा नगरकार्य कमिटि कोल्टीले वृक्षारोपण कार्यक्रम गरेको छ ।

नेपाली काँग्रेसका संस्थापक सभापती तथा देशकै पहिलो जननिवार्चित प्रधानमन्त्री महामानव स्व.विश्वेश्वर प्रसाद कोइरालाको ३७ औँ स्मृती दिवसको अवसरमा उहाँले गरेका आविश्मरणीय कामलाई आत्मसाथ गर्दै नेपाली काँग्रेस कोल्टीले बाजुरा अगाडी बढ्ने प्रतिवद्धताका साथ बुढिनन्दा नगरपालिका वडा नम्वर २ मा रहेको समुन्द्र पालगढि सामुदायिक वनमा १५० जैतुनका विरुवा रोपएिकोे वडा दुई का अध्यक्ष भिम बहादुर कार्कीले जानकारी दिनुभएको छ । नेपालि का्रँग्रेस बुढिनन्दा नगरकमिटि संयोजक छत्र बहादुर मल्लको संयोजकत्वमा संचालन भएको वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथी बुढिनन्दा नगरपालिका नगर प्रमुख पदम कूमार गिरी रहनु भएको थियो । तेस्तै नेपालि काँग्रेसका नेता तथा जिल्ला समन्वय समिति सदस्य मोहन कार्की, नेपाली काँग्रेस  महाअधिवेसन प्रतिनिधी तथा वडा ३ वडाअध्यक्ष रामबहादुर बोहोरा, वडा १ वडा अध्यक्ष निर्पराज खत्री, वडा २ का अध्यक्ष भिम ब कार्की ,हिमालि गा पा वडा नं.७ का अध्यक्ष जय ब अधिकारि लगायत नेपालि काँग्रेसका नेता तथा कार्यक्रता हरु वृक्षारोपण कार्यक्रममा सहभागि रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस