आजको मौसम : देशभर वर्षा, सबैलाई सर्तक हुन अनुरोध

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

साउन ६, काठमाडौं । आज सोमबार दिउँसो देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखी पूर्ण बदलि साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रहि पुर्वका र मध्यका धिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। पुर्व तथा मध्यका थोरै साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

यस्तै राती देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही देशको पुर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ । देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

मौसम विश्लेषण

मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित छ साथै बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पुर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना छ।

देशभर समग्र मौसमको अवस्था

हाल देशको पुर्वी तथा मध्यका अधिकांश भु-भागमा सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षा भईरहेको छ र पश्चिमि भु(भागमा आंसिक देखि सामान्य वदली भई १-२ स्थानहरुमा वर्षा भईरहेको छ।

मौसम पुर्व अनुमान विभागले देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका पहाडी भू(भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै यसका कारणले हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउन समेत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस