पौडी खेल्ने क्रममा नेपालगन्जका ३ जना युवाको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ६, बाँके । डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको छ । कोहलपुर, १० मा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएपी रबिन्द्र खनालले जानकारी दिए । प्रहरीले दुइ जनालाई उद्घार गरेको छ ।मृत्यु हुनेमा नेपालगञ्ज उप–महानगरपालिका, ११ का १८ वर्षीय राशिद जसगर, सोही ठाउँका १७ वर्षीय अरमान जसगर र १७ वर्षीय आरिफ जसगर रहेको कोहलपुर प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ । घटना बारे अनुसन्धान भैरहेको डिएपी रबिन्द्र खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस