आजबाट १८ वर्षमाथिकालाई जोनसनको खोप लगाइँदै

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, ६ साउन । आजबाट १८ वर्ष माथिका उमेर समूहलाई अमेरिकी जोन्सन एण्ड जोन्सन खोप लगाइँदै छ।

 

खोप बाँकी रहेकाले ती उमेर समूहलाई लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिए।

 

जिल्ला प्रमुख पराजुलीका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले ५० देखि ५४ वर्ष उमेर समूहका लागि जिल्लालाई एक लाख ४० हजार डोज  जोन्सन खोप उपलब्ध गराएको थियो।

 

‘खोप लगाएर पनि करिब एक लाख खोप बाँकी रहेको पाइयो,’ उनले भने,‘त्यही भएर काठमाडौं जिल्लाभित्र १८ वर्ष उमेर माथिकालाई आजबाट लगाइएको हो।’

 

सरकारले उक्त खोप गत सोमबार गतेदेखि नै ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण असक्त अपांगता,नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र छुट भएका स्वास्थ्यकर्मीहरुलाई लगाउन सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस