‘पिभी’ ब्यूँताउँदै माधवकुमार नेपाल समूह

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल समूहले ‘पीपुल्स भोलेन्टियर’ पीभी ब्यूँताउने भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्यूँताएपछि नेपाल समूहले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउन लागिएको हो ।

पीभीको घोषणा बिहीबार माधवकुमार नेपालले एक कार्यक्रमकाबीच गर्ने युवासंघका उपमहासचिव सञ्जीप राईले जानकारी दिनुभयो ।

त्यसो त नेपाल समूहको अखिलले यूथफोर्सलाई प्रतिवाद गर्न भन्दै तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस