जङ्गली बँदेल मारेको आरोपमा पाँच जना पक्राउ

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

साउन ६, दाङ । बँदेलको मासु काटेर भाग लगाउँदै गरेको अवस्थामा डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले पाँच जनालाई २१ किलो भन्दा बढी मासुसहित पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका भकारे गाउँमा जङ्गली बँदेलको मासु काट्दै गरेको अवस्थामा २१ किलोभन्दा बढी मासुसहित पाँच जना पक्राउ परेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका ४ भकारे गाउँका बोधिप्रसाद खत्री, श्रीराम थापा, रुद्रबहादुर रोका, वीरबहादुर रोका र कौशिला गुरुङ रहेका सब डिभिजन वन कार्यालय सुनपुरका प्रमुख सहायक वन अधिकृत विष्णुप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
घटनाबारे सूचना पाएपछि सहायक वन अधिकृत विष्णुप्रसाद लामिछाने र प्रहरी चौकी गोल्लीबाट गएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । मासु काटेर डेक्ची र बोरामा भाग लगाउँदै गरेको अवस्थामा वन र प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस