अन्तरिक्षमा पुगे एमाजनका संस्थापक जेफ बेजोस

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ६, एजेन्सी । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक तथा संसारकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोस अन्तरिक्षमा पुगेका छन् । आफ्नै अन्तरिक्ष अन्वेषण कम्पनी ब्लु ओरिजिनले प्रक्षेपण गरेको रकेटमा चढेर अन्तरिक्ष पुगेका हुन ।

बेजोसको साथमा उनका भाइ मार्क पनि रहेका थिए । सो रकेटमा १८ वर्षिय युवा र ८२ वर्षका अर्का वृद्ध पनि थिए । यिनीहरु दुबै जनाले अन्तरिक्षमा पुग्ने सबैभन्दा कान्छा र पाको व्यक्तिको कीर्तिमान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस