बाँके भन्सार सशस्त्र प्रहरीका प्रमुख शुक्लाको सक्रियता १२ अर्ब ३३ करोड राजस्व संकलन

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  •  सागर थापा/महेन्द्र सिंह

साउन ५, नेपालगञ्ज। सशस्त्र प्रहरी बल ४० नं. गुल्म बाँकेले गत आर्थिकबर्ष २०७५/७६ मा ३० लाख मुल्यको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक निरंकर नाथ शुक्लाका अनुसार, भारतबाट भन्सार छलेर भित्राइएको विभिन्न सामान बरामद गरिएको हो ।

सशस्त्र प्रहरीको सक्रियताले गर्दा भन्सारको बार्षिक लक्ष्य समेत पुरा हुन सफल भएको छ ,सशस्त्र प्रहरी नायब उपरीक्षक शुक्लाले बताए भन्सारमा चोरी निकासी विरुद्ध सशस्त्र प्रहरी सक्रिय भएर लागेको छ । नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक बर्षमा १२ अर्ब ३३ करोड बढि राजश्व संकलन गरेको छ। आर्थिक बर्ष २०७४/७५ भन्दा आर्थिकबर्ष २०७५/७६ मा चार अर्ब रुपिया बढि राजश्व संकलन भएको थियो । नेपालगञ्ज भन्सार कार्यालयले चालु आवका लागि १५ अर्व रुपिया राजश्व संकलनको लक्ष्य पाएको छ ।

सशस्त्र प्रहरी बल ४० नं. गुल्म बाँकेका शसस्त्र प्रहरी प्रमुख नायब निरँकार नाथ शुक्लाले सशस्त्र प्रहरीले भन्सार राजश्व बृद्धिका लागि सबैखालका भन्सार चोरी निकासीका काम नियन्त्रणका लागि आफुहरु निरन्तर लागिपरेको बताउनुभयो

प्रतिक्रिया दिनुहोस