धोनीले दुई महिना क्रिकेट नखेल्ने

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन ५, काठमाडौं । भारतीय विकेटकिपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीले वेष्ट इण्डिज भ्रमण गुमाउने भएका छन् ।

भारत केहि दिनमा वेष्ट इण्डिजको भ्रमणमा निस्कदै छ । वेष्ट इण्डिजसंग भारतले ३ टी-ट्वान्टी, ३ एकदिवसीय र २ खेलको टेष्ट सिरिज खेल्नेछ ।

तर, ३८ वर्षे धोनीले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई आफु २ महिना क्रिकेटका लागि उपस्थित नहुने जानकारी दिएका छन् । धोनीले २ महिना क्रिकेटबाट अलग हुँदै सैनिक रेजिमेन्टमा भाग लिने छन् ।

‘धोनीले वेष्ट इण्डिज भ्रमणमा जान नसक्ने बताएका छन् । उनी २ महिना सैनिक रेजिमेन्टमा भाग लिने छन्,’बीसीसीआईका एक प्रतिनिधिले भनेका छन् , ‘धोनीले छनोट समिति र कप्तान विराटलाई जानकारी गराइसकेका छन् ।’

भारतले वेष्ट इण्डिज भ्रमणमा निस्कने खेलाडीको नाम आइतबार सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस