२ सय ५० पिस लागूऔषध ट्रामाडोल सहित २ जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ५, वाग्लुङ । वाग्लुङ प्रहरीले लागूऔषध ट्रामाडोल सहित २ जना पक्राउ गरेको छ । प्रहरीले वाग्लुङ नगरपालिका-४ बस्ने २१ वर्षीय प्रताप क्षेत्री र २२ वर्षीय रोहन पुनलाई २ सय ५० पिस लागूऔषध ट्रामाडोल सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

वाग्लुङ नगरपालिका-३ स्थित चिप्लेटी बसपार्कमा जिल्ला प्रहरी कार्यालय वाग्लुङबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा ध.२ प ३४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस