जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ५, दाङ । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पकउ पर्नेमा गढवा गाउँपालिका(५ बस्ने ५२ वर्षीय हिरा लाल चौधरी रहेका छन ।

हिराले ती बालिकालाई घरबाट करिब ५ सय मिटर टाढा मकैबारीमा लगेर शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस