अवैध लागूऔषध सहित पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ५, काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट ४ सय ५० ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित महोतरी गौशाला नगरपालिका-८ बस्ने १९ वर्षीय मन्जित कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा .४ ख ५१४३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

बर्दिया, गुलरिया नगरपालिका-६ स्थित सडकबाट १ ग्राम ६ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका-७ गुलरीयागाउँ बस्ने १९ वर्षीय वारिस धोवीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पद रुपमा हिँडिरहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा शरीरमा लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस