सुर्खेतमा एक करणी मुद्दामा फरार अभियुक्त पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ५, सुर्खेत। जबरजस्ती करणी मुद्दामा १० बर्ष कैद फैसला भएका एक फरार अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेत वीरेन्द्रनगर नगरपालिका –१ बस्ने ३७ बर्षीय मदन विकलाई पक्राउ गरेको हो ।

उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुर्खेतले कार्तिक १८ गते १० बर्ष कैद फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियान अन्तर्गत विकलाई आइतबार बेलुका उनकै घरबाटै पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस