ओखलढुंगामा कोरोना संक्रमितको बाटोमै मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ५, ओखलढुंगा । ओखलढुंगामा एक कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु भएको छ । सोमबार जिल्लाको सिद्धिचरण नगरपालिका ५ बर्णालुका ५० वर्षीया एक कोरोना संक्रमित महिलालाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

हिजो नै गरिएको एन्टिजेन परिक्षणका क्रममा ति महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण पोजेटिभ देखिएका महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागी जिल्ला ल्याउँदै गर्दै वर्णालुकै सिस्नेखोलामा आएपछि उनको मृत्यु भएको हो । मृतक महिला दीर्घरोगी भएकाले कोरोनाकै कारण मृत्यु भएको हुनसक्ने जिल्ला स्वासथ्य प्रमुख समुन तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस