कर्णाली नदी व्यवस्थापन कार्यलय बर्दियाका इन्जिनियहरु घुस रकम सहित रंगेहात नियन्त्रणमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन ४, बर्दिया । कर्णाली नदी व्यवस्थापन कार्यलय बर्दियाका इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वर प्रसाद शाह, इन्जिनियर हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझा समेत लाई अख्तियारले घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

उनिहरुले निर्माण योजना तारजाली भर्ने कामको विल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिइ गएको टोलीले उनिहरूलाई रू.१५,००,०००/- घुस बापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनिहरुलाई घुस रकम सहित बर्दिया जिल्ला गेरूवा गाउँपालिका वडा नं. १ बाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस