अवैध लागूऔषध सहित पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण ४,कैलाली । धनगढी उपमहानगरपालिका-१ शान्तिनगरबाट १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने १९ वर्षीय पारस बिकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, टिकापुर नगरपालिका-७ कालाकुण्डाबाट ५ ग्राम ७ सय २० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित लम्कीचुहा नगरपालिका-१० बस्ने २४ वर्षीय हिरासिंह चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । से.४ प ४३४५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ तेधरी बस्ने ४० वर्षीय प्रताप सिंह बोहरालाई २३ ग्राम ८९ मिलिग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । बोहराले संचालन गरेको पसलमा लागूऔषध कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले पसलभित्र लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीया पहाड रोडबाट ५ ग्राम ५ सय मिलिग्राम अबैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ, ११ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट, ३ थान मोबाइल र नगद ३४ हजार ५ सय ७० रुपैयाँ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१ बस्ने २३ वर्षीय हरि भट्ट र सोही नगरपालिका-२ शान्तिटोल बस्ने २३ वर्षीय दिनेश कुँवर रहेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले घर तथा शरीर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस