रौतहटमा पेस्तोलसहित तीनजना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ४, रौतहट। सिक्सर पेस्तोलसहित रौतहटबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मौलापुर नगरपालिका-५ स्थित मौलापुरदेखि कलैया जाने सडकबाट बिआर ५ एपि ४०१६ नम्बर र बिआर -५ ई ६४३४ नम्बरको मोटसाइकल जाँच गर्दा बिआर -५ एपी ४०१६ नम्बरको मोटरसाइकल चालक २४ वर्षीय देवेन्द्र यादव लगायत तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट पेस्तोल बरामत गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस