आई.एन.एफ नेपाल द्वारा ४वटा खानेपानी आयाेजना उदघाटन र अनुगमन

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

साउन ४, रोल्पा । आई.एन.एफ नेपाल राेल्पा शाखाकाे आयाेजना र सुनछहरी गाउँपालिकाकाे समन्वयमा ४वटा खानेपानी आयाेजना उदघाटन र अनुगमन गरिएकाे छ । गाउँपालिका अध्यक्ष आश बहादुर पुन, उपाध्यक्ष पवित्रा घर्ति मगर आई.एन एफ नेपालका अधिकृत अर्जुन काप्री, लेखा सहायक सराेज प्रसाद  पुलामी, सब ईन्जिनियर गाेवन्द्र रिजाल, वडा अध्यक्ष टिम लिडर सलिना बुढा मगर, दान महतरा राजनीतिक दलका प्रतिनिधिहरु स्थानीय बासिहरु लगायतकाे सहभागीतमा साे आयाेजनाहरुकाे उदघाटन गरिएको छ।

आई.एन .एफ नेपाल राेल्पा शाखाकाे र सुनछहरी गाउँपालिकाकाे सँयुक्त लागतमा ४वटा खानेपानी आयाेजनाहरु सम्पन्न भएका हुन। सम्पन्न कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष आश बहादुर पुनले एक घर एक कलधारा खानेपानीकाे पहुँचमा ल्याउँन सफल भएकाेमा खुसि ब्यक्त गर्दै वडा न २,३,४मा १०० घरधुरीलाई शुद्व खानेपानीको पहुँच ल्याउन सबै भन्दा बढि महत्त्वपूर्ण भूमिका खेल्ने आई.एन.एफ नेपालका सम्पूर्ण परिवार र जनश्रमदान गर्नु हुने आम नागरिकहरुलाई धन्यवाद समेत ब्यक्त गर्नु भएकाे छ ।
४लवटा खानेपानी आयाेजना सम्पन्न हुँदै गर्दा यस सनछहरी गाउँपालिका वडा न २,३,४मा आई .एन.एफ नेपाल राेल्पा शाखाकाे ३३लाख३५ हजार ३सय४८रुपैयाँ र गाउँपालिकाकाे ३ञ लाख,जनश्रमदानबाट १कराेड ३७लाख ८६हजार ७सय ९१ रुपैयाँ गरि जम्मा लागत १कराेड  ८२ लाख २२ हजार १सय ३९रुपैयाँ लागतमा खानेपानी आयाेजनाहरु सम्पन्न भएकाे छ। त्यस्तै मुलखाेला घिच्चे खानेपानी याेजना अन्तर्गत वडा न २ भित्रिगामकाे हार्भाङ टाेलमा ३७ घरधुरीमा एक घर एक कलधारा निर्माण गरिएकाे छ  भने वडा न ३ बाहिरीगामकाे डाङनाङ खानेपानी याेजना अन्तर्गत २४ घरधुरीकाे लागि आई.एन.एफ नेपाल राेल्पा शाखाकाे लागत ३लाख ३४ हजार ५सय १३ रुपैयाँ र गाउँपालिकाकाे २ लाख गरि  १५ लाख ७६ हजार १ सय ३१ रुपैयाँमा उक्त याेजना सम्पन्न भएकाे छ।साथै वडा न३ बाहिरीगाम साेगाेङ -खाेला आयाेजना अन्तर्गत तथा कुईपाधारा जुगुङमा पनि २४घरधुरीकाे लागि आई.एन.एफ नेपाल राेल्पा शाखाकाे लागत ८लाख ११ हजार ५ सय ७७रुपैयाँ र गाउँपालिकाकाे ४ लाख श्रमदानबाट १८लाख ९१हजार ६सय ४० रुपैयाँ गरी ३१ लाख ४हजार २ सय २७ रुपैयाँमा साे याेजना निर्माण भएकाे छ भने वडा न ४ स्युरी नात्घामा पनि नात्घा भाङली खानेपानी याेजना अन्तर्गत वडा न ४ स्युरीमा १२ घरधुरी लाई शुद्व खानेपानीकाे पहुँचमा ल्याईएकाे छ जसमा आई.एन.एफ नेपाल राेल्पा शाखाकाे लागत ४ लाख ४० हजार ९सय ३२ रुपैयाँ र गाउँपालिकाकाे ४ लाख ४० हजार, श्रमदानबाट १७ लाख ३९ हजार ७सय ६० रुपैयाँ  गरि जम्मा २६ लाख ३० हजार ६सय ९३ रुपैयाँ याेजनाहरु सम्पन्न भएकाे छ।

सम्पन्न कार्यक्रममा स्थानीय बासले खुसि हुँदै १घण्टा हिडेर पानी ल्याउन जानुपर्ने बाध्यता  अबकाे दिनमा तरेकाे बताउँदै सरकारकाे आँखा नपुगेकाे  हाम्रो बस्तीमा आई,एन,एफ नेपालकाे आँखा पुगेकाले आफुलाई खुसि लागेकाे र आई,एन,एफ नेपाल र गाउँपालिकाकाे सम्पूर्ण परिवारलाई धन्यवाद समेत ब्यक्त गरेका थिए

प्रतिक्रिया दिनुहोस