बाजुरामा जीप दुर्घटना हुदा २ जनाको मृत्यु ११ जना घाइते (घाइतेको नाम सहित )

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • धर्म सुानार

साउन ३, बाजुरा । बाजुरा र कालिकोटको सीमा क्षेत्र नजिकै झप्राली भन्ने स्थानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

जगन्नाथ गाउँपालिकाको पीलुचौरबाट विहान ६ बजे तिर कालिकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जिप झप्रालीमा दुर्घटना भएको हो ।दुर्घटनामा परी ज्यान गुमाउनेमा टिकापुर नगरपालिका ४ जीप चालक रमेश बोगटी, मुगु जिल्ला खतेर गाउपालिका वडा नं. ६ घर भएका यात्रु रामबहादुर शाही रहेका छन् । कर्णाली करिडोरको बाजुरा कालिकोट क्षेत्रको झप्रालीको उकालीमा चिप्लीएर दुर्घटना भएको हुन सक्ने जगन्नाथ गाउँपालिकाका वडा अध्यक्ष डबल विकले बताए। आकाशे पानीले सडक चिप्लो हुनुका साथै उकालो भएकोले चढ्न नसकी चिप्लिएर दुर्घटना भएको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बिहान साढे ७ बजेतिर दुर्घटना भएको जीपमा १८ जना सवार रहेका थिए ।

१८ जना मध्य ११ जना घाइते २ जनाको मृत्यू भएका छ । घाइते मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ । घाइते सबैलाई जगन्नाथ गाउपालिकाका अध्यक्ष कालि वहादुर शाहीको पहलले केन्द्र बाट अहेलिकप्टर मार्फत उपचारका लागि नेपालगञ्ज लगिएको छ । घाइते हरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइते हुनेमा जगन्नाथ गाउँपालिका ५ गोत्रीका टक्क ल्वार, सोही गाउँका अम्मकला ल्वार, महेश्वरी ल्वार, जनु ल्वार, त्यसैगरी हिमाली गाउँपालिका ४ लालवीर चदारा सहीत रहेका छन् । मुगु जिल्लाका राजेन्द्र शिहि, उव्जन शहि , नन्द किस्न उपाध्य , तिलकराज पाध्या सेर व रावल, विष्नु ऋषि उपाध्या, रहेका छन ६ जना गम्विर घाइते मध्ये टक्क ल्वार, जनु ल्वारको अवस्था गम्भीर रहेको इलाका प्रहरी स्वामिकर्ति ले बताएको छ ।

घाइते बाँकी २ जनाको नाम खुल्न नसकेको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस