नेपाली राष्ट्रिय फुटबलरलाई ब्राइट फ्युचरको छात्रवृति

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन ३, काठमाडौं । ब्राइट फ्युचर कलेजले यू-१६ राष्ट्रिय फुटबल टिमका कप्तान प्रदिप लम्सालसहित १० खेलाडीलाई ११ र १२ कक्षाको लागि पूर्ण छात्रवृति प्रदान गरेको छ ।

पूर्ण छात्रवृति पाउने अन्य खेलाडीमा शसांक बोहरा, रोशन थापा, निरन्जन मल्ल, प्रमिश गुरुङ, मल्दिना अन्ग्थुपो, टोप बहादुर रत्न, निशान्त रावल, पुकार खड्का र निरज चौधरी रहेका छन् । छात्रवृति पाउने सबै खेलाडी एन्फा एकेडमीका खेलाडी हुन् ।

कलेजले बिहिबार खेलाडीसँग छात्रवृति सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौतासँगै कलेजले सहभागिता जनाउने फुटबल प्रतियोगितामा खेलाडीहरुले कलेजको लागि खेल्नु पर्ने हुन्छ ।

यस्तै ब्राइट फ्युचरले कलेजको स्पोर्ट्स डाइरेक्टरमा पूर्व राष्ट्रिय टोलीका गोलकिपर प्रशिक्षक नबिन महर्जनलाई नियुक्त गरेको कलेजका प्रशासन प्रमुख दिपक पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस