जसरीपनि लोकसेवामा नाम निकाल्नै पर्छ : अध्यक्ष घर्ती

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

साउन १, रोल्पा । सुनिलस्मृति गाउँपालिकाद्धारा सञ्चालित एक हप्ते लोकसेवा तयारी कक्षा एक कार्यक्रमका विच समापन गरिएको छ । सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको उपस्थिती र सहायक पाँचौ स्तरका नायव सुव्वा सुवर्णराज श्रेष्ठको सञ्चालनमा कार्यक्रम समापन गरिएको हो ।

समापन कार्यक्रममा वोल्दै प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले भन्नुभयो, हामि कर्मचारी भन्नाले गाउँपालिका विकासको लागि बाटो देखाउने भएको र यहाँको विकास गर्नलाई यहाकै जनताको सक्रिय सहभागि हुनुपर्ने हुन्छ त्यसैले हामिले तपाइहरुलाई सरकारी जागिरतिर प्रवेश गर्नका लागि सजिलो होस् भनेर यस कार्यक्रमलाई अगाडि ल्याएको हौँ पक्कैपनि यसले तपाइहरुलाई सहि बाटो देखाउने छ अर्थात तपाइहरुले लोकसेवामा नाम निकाल्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु प्रमुख प्रशासकिय अधिकृति न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष घर्तीले भन्नुभयो तपाइहरुले जसरी पनि लोकसेवामा नाम निकाल्नै पर्ने हुन्छ । यो गाउँपालिका अव कसरी अगाडि बढाउने भन्ने तपाइहरुको महत्वपूर्ण हात रहेको हुँदा अव तपाइहरु लोकसेवामा नाम निकालेर इमान्दार कर्मचारी बन्दै गाउँपालिका अगाडि बढाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु अध्यक्ष घर्तीले भन्नुभयो । हिजोका दिनहरुमा कसको तिघ्रा पाखुरा वलियो र ठुलो छ त्यो हेरिन्थ्यो, किनकी त्यो लाहुेर हुन्छ भन्ने चलन थियो । त्यतिवेला लाहुरे हुनेहरुको ठुलै भिड लाग्ने गथ्र्यो अव छैन । अवको जमाना भनेको कसको छोराछोरीले कति पढेका छन् र कुन स्तरको जागिर खान्छ भन्ने छ त्यसैले अव प्रत्येक गाउँपालिका वासिहरुले अनिवार्य लोकसेवा लड्नै पर्छ सरकारी जागिरमा छिर्नै पर्छ, पहिलो पटक नहोला प्रयास गर्दै जानुस एक पटक अवश्य पनि तपाइहरु सफलहुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

राजनिति तर्फबाट हेर्नुहुन्छ भने रोल्पाले देश चलाउन सक्ने नेता जन्माएको छ । तर कर्मचारीतिर हेर्नुहुन्छ भन्ने लगभग सुन्य जस्तै भएको छ । अहिलेको यो कर्मचारी समायोजनले गर्दा हामि कहाँ भएका कर्मचारीहरु समायोजन भई आफ्नो घरपाइक जादैहुनुहुन्छ तर समायोजन भएर आउने कर्मचारी भने शुन्य स्थीति नै रहेको छ त्यसैले मैले सधैभन्ने गरेको छु अव सुनिलस्मृतिबाट सरकारी जागिरमा छिर्नेको पनि लर्को लाग्ने छ आउदा दिनहरुमा पनि लोकसेवा तयारी कक्षालाई निरन्तरता दिन र आवश्यक वजेट राख्नेछु अध्यक्ष घर्तीले भन्नभएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस