प्रहरी कानुन बमोजिम चल्ने हो कानुनको पालना सबैले गर्नु पर्छ : एसपी पाण्डे

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा

साउन १, दाङ । सुरक्षा सुव्यवस्था लाई मध्यनजर गरेर तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ गोठीखोलामा अस्थायी प्रहरी चौकी उद्घाटन गरिएको छ । पाँचकोठे पक्की भवनको नगरप्रमुख घनश्याम पाण्डे र जिल्ला प्रहरी प्रमुख एसपि वेलवहादुर पाण्डेले उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेले वदलिदो संरचना अनुसार स्थानीय तहका सवै ठाउँमा प्रहरी चौकी स्थापना गर्नलागिएको वताए । उनले उपमहानगरका १९ वटै वडामा स्थायी प्रहरी चौकी स्थापनालाई आफुले निरन्तरता दिएको वताए । मुलुकमा राजनीति संघीयता आएपनि वित्तिय र प्रशासनीक संरचनामा संघीयता आउन नसकेको वताए । समाजमा अपराध नियन्त्रणका लागि ३ वटा कुरामा ध्यान दिन आवश्यक रहेको उनको भनाई थियो । नगरप्रमुख पाण्डेले नागरिक सचेत भए, अपराध नियन्त्रण गर्ने निकाय सक्रिय भए र घटनापछि राजनीतिक दवाव आउन वन्द भए अपराध नियन्त्रणमा कुनै पनि समस्या नहुने वताए ।

 

कार्यक्रममा वोल्दै प्रहरी प्रमुख वेलवहादुर पाण्डेले शान्ती सुरक्षा कायम गर्नका लागि घरबाटै सबैले पहन गर्नुपर्ने वताए । ‘आफ्ना सन्तानले के गरिरहेका छन् भन्ने वारेमा चनाखो भएर सोच्नुपर्ने हुन्छ’ उनले भने । नागरिकको सहयोग पाएमा समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीलाई सजिलो हुने उनको भनाई थियो । प्रहरीका वारेमा विभिन्न भ्रम जनतामा माझमा वेलावखत छरिने गरेको वताउँदै प्रहरीले सधै जनताको पक्षमा काम गर्ने वताए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला अध्यक्ष कृतिवहादुर खड्काले पछिल्लो समय गुण्डागर्दीका घटना वढिरहेको भन्दै प्रहरीको सक्रियता वढाउन आवश्यक रहेको वताए ।

सो अवसरमा तुलसीपुर उदोग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावत, वडाध्यक्ष बालकृष्ण राना, उपभोक्ता समितिका कोषाध्यक्ष पदमवहादुर खड्का, पत्रकार शरद रेग्मी लगायतले मन्तव्य राखेका थिए । प्रणव खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता निर्माण समितिका अध्यक्ष रतनवहादुर खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस