सोरु गाउपालिकाले ल्यायो ४० करोड ३४ लाखको बजेट

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

साउन ०१, मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिकाले आर्थिक वर्ष २०७७।७८का लागि ४० करोड भन्दा बढि बजेट ल्याएको छ । प्रमुख अथितिको विवादले सम्पन्न हुन नसकेको गाउसभा विहिवार गाउसभा उद्धघाटन र बन्द सत्र गरि सम्पन्न भएको हो ।

गाउपालिकाले आर्थिक वर्ष २०७७।७८ का लागि ४० करोड ३४ लाख ,१२ हजार ७ सय ९६ बजेट ल्याएको हो । त्यस्तै प्रदेश समानिकरण अनुदान बाट १ करोेड ४१ लाख अनुमानित रहेको ल्याएको सोरु गाउपालिकाका सुचना अधिकारी प्रकाश मल्लले बताए । गाउपालिकाले ससर्त अनुदान अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पशुशाखा लगायत १९ करोड र प्रदेश सरकारको सर्शत बाट ९० लाख र आन्तरिक तवर बाट अनुमानित ६ लाख रकम रहेको सोरु गाउपालिकाका अध्यक्ष लोक बहादुर शाहीले जानकारी दिए ।

त्यस्तै पुजिगत तर्फ बाट संघिय सरकार बाट ९ करोड ४५ लाख र प्रदेश समानिकरण अन्तर्गत १ करोड ४१ लाख रहेको बताए । मुगु जिल्लाको सन्दर्भमा अन्तिम बजेट ल्याउने र पास गर्ने सोरु गाउपालिका रहेको छ । विगतका वर्ष देखिनै विवादित गाउपालिका हाल सम्म पनि उस्तै अवस्था रहेको छ ।

विवादित गाउसभा सम्पन्न
विवादित बनेको गाउसभा सम्पन्न भएको छ । प्रमुख अतिथिको विषयमा जनप्रतिनिधि बीच विवाद हुँदा उत्पन्न विवादले गाउँपालिकाको गाउँसभा अन्योलमा परेको थियो । जनप्रतिनिधिको विवादले आठौं गाँउ सभाको अधिवेशन तथा बजेट सभा प्रभावित हुँदा बजेट तथा नीति तथा कार्यक्रमहरु अन्योलमा परेका हुन ।

२० असारका लागि गाउँसभा तोकिएको भएपनि एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिका कारण प्रमुख अतिथिको कसलाई राख्ने भन्ने विषयमा टुंगो नलाग्दा गाउँसभा हुन सकेको थिएन । एमालेका जनप्रतिनिधिले पूर्वप्रतिनिधिसभा सदस्य गोपाल बहादुर बमलाई र माओवादी केन्द्रले पूर्वसांसद नवराज धामीलाई प्रमुख अतिथि बनाउन खोजेपछि विवाद भएको थियो ।

प्रमुख अतिथिको विषयमा दुवै दलका जनप्रतिनिधिबीच विवाद हुँदा सभा बस्न नसकेको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लले जानकारी गराएका छन् । संघीय संरचना अनुसार असार १० गते भित्रै गाउँसभा सम्पन्न गरी सक्नु पर्ने संवैधानिक व्यवस्था भए पनि जनप्रतिनिधिको विवादका कारण अन्योल थियो ।

छायानाथ रारा नगरपालिका , खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाले असार १० गते नै गाउँसभा गरेका छन् । ती पालिकामा बजेट समेत पारित गरी सकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस