बलात्कार गरेको आरोपमा दुई ट्रक चालक पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १, पर्सा । लिफ्ट दिने भनेर एक महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज–२१ बस्ने सुनील महतो र पोखरिया नगरापलिका– ६ बस्ने २५ वर्षीय शिवबालक महतो पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पीडित महिला १९ वर्षकी रुकुमकी हुन । असार २७ गते बिहान दुई वर्षको छोरासहित बुटवल जाने काठमाडौंको कलङ्की चोकमा सार्वजनिक सवारी साधन कुरी बसिरहेकी थिइन् । ना.५.ख-२८७० नम्बरको ट्रकका चालक सुनिल महतोले ‘नारायणगढसम्म पुर्‍याइदिन्छु’ भनी ट्रकमा चढाए । पहिरो गईरहेकोले बाटोमा जाममा परे । जाममै रात काट्नुपर्ने भयो । त्यही बेला सुनिलले ट्रकको क्याबिनमा नै बलात्कार गरेको पीडिते बताएकी छन् ।

असार २८ गते जाम खुलेपछि चितवनको रामनगरसम्म ल्याए र असार २९ गते दिउँसो १ बजेतिर ना.६ ख.३३६९ नम्बरको ट्रकमा चढाईदिए । ट्रक चालक शिवबालकले ‘बुटवल जाने हो’ भनेर महतोले ट्रकमा वीरगञ्जतर्फ ल्याए । त्यसक्रममा बाराको जंगलमा ट्रकभित्र बलात्कार गरेको पीडित महिलाको बयान छ । उनलाई ड्राइपोर्ट क्षेत्रबाट ३० गते साँझ ५ बजे प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको टोलीले उद्धार गरेको थियो । उनीहरुविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस