भारतको जम्मु काश्मीरमा कृषकहरु लिची खेतीबाट नाफा कमाउँदै

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १, जम्मु काश्मीर । भारतको जम्मु जिल्लामा कृषकहरु लिची खेतीमा नाफा कमाएर उत्साहित बनेका छन् । जम्मु जिल्लामा लिची कृषकहरुले गत बर्ष भन्दा यो बर्ष लिची खेतीबाट प्रशस्त नाफा कमाएको बताएका छन् ।

जम्मु काश्मीरस्थित बोटविरुवा तथा फलफुल विभागले सहुयित कार्यक्रमहरु प्रदान गरेका कारण पनि थप लाभ कमाउन सकेको लिची कृषकहरु बताउँछन् । स्थानीय सरकारले कृषिमा गरेको सहुलियत कार्यक्रमले पनि किसानहरु लिची खेतीमा उत्साहित देखिएका छन् । फलफुल किसानहरुका लागि स्थानीय सरकारले उत्पादन, प्याकिजिङ लगायतका बिषयमा प्रशिक्षण दिने गरेको छ ।

लिची जस्ता फलफुल खेतीले स्थानीय किसानहरुको जीवनस्तर सुधार भईरहेको एक लिची कृषकले बताए । लिची तथा फलफुल खेती एक पटकको लगानी रहेको भन्दै अन्नबाली खेती भन्दा लिची खेती धेरै नाफामुलक रहेको स्थानीय कृषकहरु बताउँछन् । स्रोत ओपेरा न्युज

प्रतिक्रिया दिनुहोस